सेनाका उपरथी पाण्डेले दिए राजीनामा !



काठमाडौं – नेपाली सेनाका सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्।

उमेरको विषयमा छानबिन सुरू भएपछि उपरथी पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएको जनाइएको छ ।

रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरको विषयमा प्रश्न उठेपछि नेपाली सेनाले अनुसन्धान सुरु गरेको थियो । पटकपटक विवादमा देखिइरहने पाण्डेलाई भावी प्रधानसेनापति हुने गरी बढुवा गरिन लागिएको थियो ।

उनी यसअघि पनि एक कार्यक्रमबीच कुटनीतिक मर्यादाबाहिरको कार्य गरेको भन्दै विवादित बनेका थिए ।

उनी नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति फरक देखिएपछि पछिल्लो समय विवादित बनेका थिए ।