सेनाको कामु प्रधानसेनापतिमा लेफ्टिनेन्ट जनरल राणा

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको भारत प्रस्थानसँगै नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी बलाधिकृत रथी सरोजप्रताप राणाले पाएका छन् ।

१३औं इन्डो प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्समा सहभागी हुन आइतबार भारत प्रस्थान गरेका प्रधानसेनापति शर्मालाई उनै राणाले बिदाई  गरेका थिए ।

शर्मा नयाँ दिल्लीमा सोमबारदेखि असोज १० गतेसम्‍म आयोजना हुने १३औं इन्डो प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्समा सहभागी हुन प्रस्थान गरेका हुन्।

प्रधानसेनापतिलाई बिदाइ गर्न सेनाका रथीहरू, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरूको उपस्थिति थियो।

भ्रमण कार्यक्रम सकेर प्रधान सेनापति शर्मा असोज ११ गते नेपाल फर्किनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *