संसदको गतिरोध खोल्न शीर्ष दल सहमत, यस्तो छ सहमति (सहमतिसहित)



काठमाडौं । सुन तस्करी प्रकरणको छानबिन गर्नको लागि दलहरूबीच उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । सिंहदरबारमा बसेको बैठकमा एक महिनापछि असोज ५ गते आयोग गठन गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले भने, ‘जाँचबुझ आयोग २०२६ अनुसोर आयोग गठन हुन्छ । कानूनी र संरचनागत संरचनाबारे पनि अध्ययन गर्ने आयोगले सुझाव दिन्छ ।’

कति सदस्यीय आयोग गठन गर्ने भन्ने कुरा सरकारको हातमा भएको लेखकले बताए । यो सहमति भएसँगै अब सदन खुल्ने उनको भनाइ थियो ।

सुन प्रकरणमा सीआईबीको अनुसन्धान सकिएपछि एक महिनापछि मात्रै आयोग गठन गर्ने सहमति भएको हो ।