सशस्त्रले गर्यो १० दिनमा ६०३३ जनाको बढुवा, कुन पदमा को–को भए बढुवा (सूचीसहित)



काठमाडौं । नेपालको सबैभन्दा कान्छो सुरक्षा निकाय सशस्त्र प्रहरी बलले पछिल्लो १० दिनमा ६ हजार भन्दा बढी कर्मचारीको बढुवा सिफारिस गरेको छ ।

लामो समयदेखि बढुवा प्रक्रिया रोकिएराखेको सशस्त्रमा पछिल्ला दिनमा भने विभिन्न पदहरुमा बढुवा हुँदै गइरहेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले लामो समयदेखि रोकिइराखेको सशस्त्रको बढुवा प्रक्रियामा १७५ जनाको दरबन्दी थप्दै बाटो खोले पछि बढुवा सुरू भएको हो ।

बढुवा प्रक्रियालाई तीब्र रुपमा अगाडि बढाउँदै लगेको सशस्त्रले साउन १६ गतेदेखि २६ गतेसम्मको १० दिनमा ७ वटा सूचनामार्फत् ६ हजार ३३ जना कर्मचारीको बढुवा निकालिसकेको छ ।

प्रकाशित सुचना अनुसार  लगातार बढुवा निकाल्दै आएको सशस्त्रले साउन १६ गते ५० जना सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई) को बढुवा निकालेको थियो । त्यसपछि १७ गते इन्जिनियरिङतर्फ सशस्त्र प्रहरी सहायक हवल्दारका लागि २७ जनाको सिफारिस गरेको थियो ।

त्यसपछि साउन २२ गते १९२७ जना सशस्त्र प्रहरी हवल्दारमा बढुवा निकालेको सशस्त्रले २४ गते सशस्त्र प्रहरी सहायक निरिक्षक (असई) ८२ जना र प्रहरी नायब उपरीक्षक (डिएसपी) ३ जनाको बढुवा निकालेको थियो ।

त्यसपछि साउन २५ गते ७३ जना सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) को बढुवा निकालेको सशस्त्रले २६ गते ३८७१ जना जवानहरुलाई प्रहरी सहायक हवल्दार पदका लागि बढुवा सिफारिस गरेको छ ।