माधव नेपाल लागे विदेशतिर, २ सातापछि फर्किने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपालले करिब दुई साताका लागि विदेश यात्रामा निस्किएका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन नेपाल सोमबार विहान जेनेभा प्रस्थान गरेका छन्।

सर्वोच्चले ललिता निवास जग्गा प्रकरणमा छानबिनको दायरामा ल्याउनका लागि दिएको आदेश दिएको भोलिपल्टै नेपालले नेपाल छाड्नु संयोग नै मानिएको छ ।

नेपालको भदौ १ गतेसम्म स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रमका सहभागी हुने भ्रमण तालिका छ । अध्यक्ष नेपालले आफ्नो अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न उपाध्यक्ष वेदुराम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।

आइतबार मात्र सर्वोच्च अदालतले ललितानिवास जग्गा अनियमितता प्रकरणमा नेपाललाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

सोही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोल चार पूर्वमन्त्रीहरुलाई पक्राउ पूर्जी जारी गरिसकेको छ भने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता सामाजिक सञ्जालमार्फत् गरिसकेका छन् ।

363858174_1399207150658787_1505425916898992429_n (1)

Leave a Reply

Your email address will not be published. Required fields are marked *