नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ५० हजार नाघ्यो



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा देशभर थप  ६५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५८ हजार ८४० पुगेको छ। 

पछिल्लो २४ घण्टामा ७१८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५० हजार ५८१ पुगेको छ।

त्यस्तै, गत २४ घन्टामा संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ३२ पुगेको छ।

हालसम्म नेपालमा १९ लाख १५ हजार २३२ जनाको कोरोना परिक्षण गरिएको छ । अहिलेको अवस्थामा नेपालमा ६ हजार ४ सय २७ जना सक्रिय संक्रमित रहेका छन् । 

उपत्यकामा २०८ जनामा कोरोना संक्रमित देखिएका छन् ।