चिनियाँ उपमन्त्री कुओसहितको टोली र प्रचण्डबीच भेट

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्।

आइतबार नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ यैचौ नेतृत्वको टोली सोमबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेको जनाइएको छ ।

यसअघि चिनियाँ टोलीले आइतबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओली र आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको थियो।

चार दिने नेपाल भ्रमणका लागि आएको चिनियाँ टोलीले प्रचण्डसँगको भेटपछि आजै माधव नेपाललाई पनि भेट्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *