आयरल्याण्डलाई नेपालले दियो २६९ रनको लक्ष्य



काठमाडौं । नेपालले विश्वकप छनोट अन्तर्गतको खेलमा टेष्टमान्यता प्राप्त टोली आयरल्याण्डलाई जितका लागि २६९ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २६८ रन बनाउँदै आयरल्याण्डलाई उक्त लक्ष्य दिएको हो ।

नेपालका लागि कुशल भुर्तेलले ८ रन बनाउँदै आउट भए  अर्जुन साउद अर्धशतकबाट जम्मा २ रनले चुके । उनले ८४ बलमा ४८ रन बनाए । भुर्तेल आउट भएपछि मैदान प्रवेश गरेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल फेरि असफल सावित भए । उनले ७ रन बनाउँदै आउट हुँदा कप्तान रोहित पौडेलले २९ रन बनाए । त्यस्तै भिम सार्की २० रनमा आउट हुँदा अघिल्लो खेलमा युएईविरुद्ध उत्कृष्ट पारी खेलेका दीपेन्द्र सिंह ऐरी शुन्यरनमा आउट भए ।

१६९ मा ७ रन गुमाइसकेको अवस्थामा रहेको नेपालका लागि त्यसपछि सन्दीप लामिछाने र गुल्सन झाले नेपालको पारी उकास्दै आयरल्याण्डलाई राम्रो लक्ष्य प्रस्तुत गरे ।

सन्दीपले ३२ रन बनाउँदा गुल्सन झाले विस्फोटक ५७ अर्धशकतकीय पारी खेले । उनीहरुले आठौं विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । नेपालका लागि करण केसीले ४ रन बनाए ।

आयरल्याण्डका लागि बेरी म्याकरथे, मार्क अडिर र क्रेरिग योङले पनि २/२ विकेट नै हात पारे । त्यस्नै कर्टिस क्याफेर, गेरेथ दिलानी र अन्डी म्याब्रेनीले १/१ विकेट हात पारे ।