कामीरिता २८औं पटक सगरमाथाको शिखरमा

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २८औं पटक सगरमाथा आरोहण गरेका छन्।

उनले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको आधारशिविरमा रहेका पर्यटन विभागका अनुगमन संयोजक खिमलाल गौतमले बताएका छन्।

सोमबार मात्रै पासाङ दावा शेर्पाले २७औं पटक आरोहण गरेर उनीसँग बराबरी गरेका थिए। त्यसको दोस्रो दिन नै कामीरिताले सवैभन्दा धेरैपल्ट सगरमाथा आरोहण गर्ने किर्तिमान एकलौटी गरेका हुन्।

उनी आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिका अनुसार यो सिजनमा उनले दोस्रो पटक सगरमाथा आरोहण गरेका हुन् । ६ दिन पहिले गत १७ मे मा पनि उनी सगरमाथाको चुचुरोमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *