सेनानी कार्कीको नेतृत्वमा ११५ शान्ति सैनिक लिबिया प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा लिबिया शान्ति मिसनमा खटिएका ११५ जना नेपाली शान्ति सैनिकहरुको फेरबदलभएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शान्ति स्थापना कार्यको लागि खट्टिने क्रममा बिहीबार लिबिया मिसनमा तैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फालाई बदली गर्न स्पेशल गार्ड युनिट (शान्ति सेना) पाँचौं डफ्फाका ११५ जनाको टोली मिसन इलाकातर्फ प्रस्थन गरेको हो ।

सेनानी रामेश्वर कार्कीको नेतृत्वमा नेपाल एयरलाइन्सको विमानमार्फत मिशन ईलाकातर्फ प्रस्थान गरेको हो । यस्तै, उक्त मिशनमा तैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फाका ११५ जना शान्ति सैनिकहरु आज स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *