व्यापारीसँग झगडा गर्ने सशस्त्र हवल्दार सहनी निलम्बित



काठमाडौं । सशस्त्र प्रहरीका सहायक हवल्दार जितेन्द्र सहनी निलम्बित भएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले व्यापारीसँग झगडा गरेको उजुरी परेपछि सहनीलाई निलम्बन गरेको हो ।

सशस्त्र प्रहरी बलले विज्ञप्तिमार्फत सहनीले वीरगंज महानगरपालिकाको बसपार्क ईलाकामा स्थानीय व्यापारीसँग झै–झगडा गरी सशस्त्र प्रहरीको प्रतिष्ठामा आँच आउने कार्य गरेकोले सशस्त्र प्रहरी नियमावली २०७२ बमोजिम आवश्यक छानबिनको लागि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट निलम्बन गरिएको जनाएको छ ।

सहनी आई.डि.नं. ४५०६४ का सशस्त्र प्रहरी सहायक हवल्दारको रुपमा पर्सामा कार्यरत रहेको थिए ।