नेपाली सेनाकी प्युठ बसन्तीलाई राष्ट्रसंघले गर्यो सम्मान



काठमाडाैं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्र संघको स्थायित्व मिसन (मोनुस्को) मा कार्यरत नेपाली सेनाकी प्युठ वसन्ती रम्जालीलाई राष्ट्रसंघले सम्मान गरेको छ।

मार्च २९ मा राष्ट्रसंघीय शान्ति सेना दिवसका दिन उनलाई राष्ट्रसंघीय शान्ति सञ्चालन विभागले ‘दिवसीय शान्ति सेना’ घोषणा गरेको हो।

द्वन्द्व-सम्बन्धित यौन हिंसाको बारेमा चेतना जगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले उनलाई दिवसीय शान्ति सेना घोषणा गरिएको विभागले जनाएको छ।