

वर्षाका कारण फाइनल खेल स्थगित, भोली यही अवस्थाबाट खेल हुने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत आज जारी नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ । वर्षाका कारण खेल सम्भव नभएपछि भोलिलाई सारिएको हो ।
आज जुन स्थितिमा खेल रोकिएको थियो, त्यही स्थितिबाट भोलि सुरु हुने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरको खल सकिँदा पानी परेपछि खेल रोकिएको थियो । यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १सय ६ रन बनाएको थियो ।
भोलि पानी परेर २० ओभर पनि खेल नहुने स्थिति भए सुपर ओभरमा नतिजा लिइनेछ । पहिलो सुपर ओभर टाई भए, दोस्रो सुपरओभर हुनेछ र, त्यो पनि नभए नेपालले एकदिवसीय वरियतामा माथि रहेको हैसियतले एसिया कपमा स्थान बनाउने छ । बाँकी फाइनल खेल मंगलबार बिहान ९ बजे सुरू हुनेछ ।