सेनाले माग्यो ४५ सय बढीको आवेदन, कहिलेसम्म कसले भर्न पाइन्छ फर्म ? (सूचनासहित)



काठमाडौं । नेपाली सेनाको सैन्य पदमा रोजगारीका लागि फर्म खुलेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले प्रकाशित गरेको सूचनाअनुसार विभिन्न पदमा गरी ४ हजार ५ सय जनाको आवेदन माग गरिएको छ ।

सूचनाअनुसार खुला, महिला, जनजाती, मधेसी, दलित, पिछडिएको क्षेत्र र सैन्य परिवारका गरी जम्मा ४ हजार ५ सय जनाको आवेदन माग गरिएको हो ।

प्रकाशित सूचनाअनुसार आज (वैशाख ८, २०८० देखि २०८० जेठ ७ गतेसम्म)देखि एक महिनासम्मको अवधि राखि फर्म भर्न पाइने र दोब्बर दस्तुर तिरेर थप एक सातासम्म फर्म भर्न पाइने जनाइएको छ ।

सूचनाः