भारतको पञ्जाबस्थित आर्मी क्याम्पमा गोली चल्दा ४ जनाकाे मृत्यु



पञ्जाब । भारतको पञ्जाबस्थित भटिन्डामा रहेको आर्मी क्याम्पमा गोली चलेको खबर आएको छ ।

यस गोलीबारीमा हालसम्म चार जनाको मृत्यु भएको बताइएको छ ।

स्थानीय समयानुसार बिहान करिब ४ः३० बजे गोली चलेको जानकारी प्राप्त भएको छ ।

सम्पूर्ण क्षेत्र सिल गरिएको छ । तर गोली चलाउनुको कारण भने खुल्न सकेको छैन ।