अस्ट्रेलियामा बिरामी कुट्ने नर्सलाई ८ महिना सामूदायिक सेवा गर्न अदालतको आदेश

अस्ट्रेलिया । बिरामी पिटेको आरोप लागेकी नेपाली नर्सलाई स्थानीय अदालतले अस्ट्रेलियामा ८ महिनासम्म सामुदायिक सेवा गर्नुपर्ने फैसला गरेको छ ।

सिड्नीको एक वृद्ध स्याहार केन्द्रका बासिन्दामाथि कुटपिटको आरोप लागेर पक्राउ परेपछि बेलमा छुटेकी अस्मिता पाण्डेको मुद्दामा स्थानीय अदालतले उक्त फैसला सुनाएको जनाइएको छ ।

गत शुक्रबार मुद्दाको टुंगो लगाउँदै पारामाटास्थित स्थानीय अदालतले पाण्डेलाई काराबासको सट्टामा अदालतले दिएका सर्तसहित आठ महिना सामुदायिक सेवामा समय बिताउनु पर्ने आदेश दिएको अस्ट्रेलियाबाट सञ्चालन हुँदै आएको एसबीएसडटकमडटएयूले उल्लेख गरेकाे छ ।

यस अन्तर्गत उनले ३० घण्टा निःशुल्क रूपमा समुदायमा सेवा गर्नुपर्नेछ भने अदालतका अन्य आदेशहरूको पनि पालना गर्नु पर्नेछ।

इजलासले पाण्डेलाई जेल वा कारावास सजायको सट्टामा सामुदायिक कामका लागि आदेश जारी गरेको हो।

एभिओ अर्थात् पीडितको वरिपरि समेत जान नपाइने घरेलु हिंसासम्बन्धी आदेश अनुरूप अस्मिताले पीडित व्यक्तिको वासस्थान वा कार्यस्थलमा जान पाउने छैनन्।

ऐज केयरका वृद्धहरूलाई पिटेको आरोपमा पाण्डेलाई प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको थियो भने पछि उनलाई बेलमा रिहा गरिएको थियो।

सन् २०२२ को मार्च २६ का दिन न्यु साउथ वेल्सको इपिङ्गमा रहेको इस्टिया हेल्थ नामक एज्ड केयर फेसिलिटीमा दुई जना वृद्धामाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी परेको थियो।

उनी पक्राउ परेलगत्तै इस्टिया हेल्थले समेत उनलाई जागिरबाट निलम्बन गरेको थियो। अस्मिताले भने आफूले दुर्व्यवहार नगरेको बताउँदै आएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *