युएईविरुद्ध ललितले दिलाए नेपाललाई पहिलो सफलता



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले पाहुना टोली युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ ।

ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

बलर ललित राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन । उनले युएईका ओपनर आर्यन लाक्रालाई ६ रनमा बोल्ड आउट गरे  ।

युएईले ८ ओभरमा १ विकेट गुमाएर ४९ रन जोडेको छ ।