रिस्तीखोलादेखि शितलनिवाससम्म पाैडेलको यात्रा…
काठमाडौं । राष्ट्रपतिमा कांग्रेस उमेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । भर्खरै सम्पन्न निर्वाचनमा ३३८०२ मतभार प्राप्त गरी उनी निर्वाचित भएका हुन् ।
सम्पन्न मतगणनाअनुसार पाैडेल अर्का उम्मेदवार नेकपा एमालेका सुवास नेम्वाङलाइ पराजित गर्दै नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।
संक्षिप्तमा रामचन्द्र पाैडेलः
गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति
नाम: राम चन्द्र पौडेल
बर्ष: ७८
जन्म: विसं. २००१ साल असोज २९
बुबा: दुर्गाप्रसाद पौडेल
आमा: ऋषि माया पौडेल
श्रीमती: सविता पौडैल
सन्तान: १ छोरा ४ छोरी
जन्म स्थान: तनहुँको रिस्ती गाविस स्थित बाहुनपोखरा
हाल बसोबास: बोहोराटार, काठमाडौं
राजनीतिक यात्रा:
– १६ वर्षको उमेर देखि नै राजनीतिमा लागे । राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि आक्रोशको ज्वालामुखी बोकेर आफु राजनीतिक यात्रामा।
– नेपाली कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता ।
– ०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता ।
– २०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापति निर्वाचित
– २०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत ।
– २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनामा सहभागी थिए ।
– नेवि संघ संस्थापक केन्द्रीय सदस्य ।
– २०४० सालमा कांग्रेस केन्द्रीय प्रचार समितिको संयोजक ।
– २०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य ।
– त्यसयता निरन्तर केन्द्रीय समितिमा।
– २०४८ मा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित ।
– २०४८ को सरकारमा स्थानीय विकासमन्त्री ।
– २०४९ मा स्थानीय विकास तथा कृषि मन्त्री ।
– २०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट निर्वाचित ।
– २०५१ सालको प्रतिनिधि सभामा सभामुख निर्वाचित ५ वर्ष सेवा ।
– २०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित ।
– २०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी ।
– २०६२ सालमा कांग्रेस महामन्त्री ।
– माओवादी शान्ति प्रक्रियामा आएपछि शान्ति सचिवालय संयोजक ।
– २०६३ सालमा शान्ति तथा पुनर्निमाण मन्त्री।
– २०६४ सालमा नेपाली कांग्रेसको उपसभापति ।
– २०६४ संविधानसभा चुनावमा तनहुँ २ बाट चौथोपटक निर्वाचित ।
– २०६५ सालमा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित ।
– २०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौं पटक निर्वाचित ।
– २०७४ सालमा प्रतिनिधि सभाको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट एमाले नेता किसन श्रेष्ठ संग पराजित।
– २०७९ अन्तर्गत तनहुँ-१ बाट निर्वाचित भएर छैटौँ पटक संसद्को यात्रा तय।
– पञ्चायती राजतन्त्रका विरुद्ध संघर्षका क्रममा २०१९ देखि वि.सं. २०४६ सम्म विभिन्न पटक गरी १५ वर्ष जेल जीवन ।
– त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर ।
– संस्कृत साहित्यमा त्रिवि बाटै शास्त्री पास ।
प्रजातान्त्रिक समाजवादः एक अध्ययन, नेपाली कांग्रेस के भन्छ ? ,
नयाँ सन्दर्भमा समाजवाद लगायतका तीन वटा पुस्तक प्रकाशित ।
सवल पक्ष: गुट रहित राजनीतिक यात्रा
दुर्बल पक्ष: कार्यकर्ताको संरक्षण गर्न नसक्ने