सन्दीप भोली नै युएई जान नपाउने सर्वोच्चको आदेश, आइतबार अर्को पेसी तोकियो

काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन । साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले महान्यायाधिवक्ता कार्यालय र बलात्कार अभियुक्त सन्दीप लामिछानेको निवेदन एकैसाथ राखेर १४ गतेलाई पेशी तोक्न सर्वोच्च अदालतले आदेश दिएको छ। पेशी आइतबार तोकिएकोले सन्दीपले भोली नै अरु टिमसँग युएई जान नपाउने भएका हुन् ।

यदि आइतबारको सुनुवाईबाट सन्दीपलाई युएई जाने बाटो खुलेमा त्यसपछि भने युएई जान सक्नेछन् ।

उक्त सिरिजका लागि आफू पनि युएई जान पाउनु पर्ने भन्दै सन्दीपले सर्वोच्चमा रिट दिएका थिए।

अदालतले सन्दीप लामिछानेबारे महान्यायाधिवक्ता कार्यालयले दिएको रिट पनि सर्वोच्चमा रहेकाले यी दुवै रिटलाई आइतबारसँगै राखेर हेर्न आदेश दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *