गृहमन्त्री नपाउने संकेतसँगै सरकार छाड्ने तयारीमा रास्वपा !



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय नपाए तत्काल सरकार छाड्ने चेतावनी दिएको छ ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सो पार्टीका अध्यक्ष तथा निवर्तमान गृहमन्त्री रवि लामिछानेले यस्तो संकेत गरेको स्रोतले जानकारी दियो ।

भेटमा प्रधानमन्त्री दाहालले प्रक्रियाबाट आएपछिमात्रै गृह मन्त्रालयका विषयमा कुराकानी हुने जानकारी गराएको बालुवाटार स्रोतले जानकारी दियो ।

स्रोतले दिएको जानकारीअनुसार आफूहरुको पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने स्पष्ट संकेत लामिछानेको थियो ।

तर प्रधानमन्त्रीले प्रक्रियाभन्दा बाहिर गएर गृह मन्त्रालय नदिने अडान राखेका छन् ।

रास्वपाले भने कुनै निर्णय गरिनसकेको सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिए ।