सूर्यज्योति अब अझ बृहत, अझ सबल र अझ बिशाल, मर्जरपछिको कारोबा सुरु

काठमाडौं सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरपछिको कारोबार सुरु गरेको छ । कम्पनीले राजधानीको नयाँबानेश्वरस्थित होटल एभरेष्टमा विशेष समारोहका साथ पहिलो सफल मर्जरको उद्घाटन गरेको हो ।

सूर्र्या लाइफ इन्स्योरेन्स र ज्योतिलाइफ इन्स्योरेन्स मर्ज भई बनेको सूर्यज्योतिले पुस ७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । असार १२ ,२०७९ मा प्रारम्भिक सम्झौता गरेको कम्पनीले निकै चुनौतिका बावजुद पनि छोटो समयमै मर्जरको काम सम्पन्न गरी एकीकृत कारोबार गर्न सफल भएको हो ।

मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पूँजी रु४.५४अर्ब पुगेको छ । यससँगै कम्पनी चुक्तापुँजीमा तेश्रो ठूलो बीमाकम्पनी बन्न सफल भएको छ । एकीकृत कारोबार पश्चात सूर्यज्योतिको जीवनबीमा कोष रु२२ अर्ब, लगानी रु २८अर्ब र कुलशाखा संख्या १८१ पुगेको छ भने कुल कर्मचारीको संख्या ६७५ पुगेको छ ।

एक उज्जवल सुरुवात भन्ने नाराका साथ नेपालको लाइफ इन्स्योरेन्स क्षेत्रमा अझ बृहत,अझ सवल र अझ विशाल उपस्तिथी सूर्यज्योतिको हुनेछ । सूर्य र ज्योतिमा सात रंग भएझैं सूर्यज्योति पनि शुरुवात, न्यायोपन, प्रष्ट, उज्जवल, प्रतिवद्ध, समय र उर्जाका साथ एक भई अगाडि बढ्ने कम्पनीको अठोट रहेको छ ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले तोकिएकै समयमा सफलतापुर्वक मर्जर सम्पन्न गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । उनले कम्पनीको यस उपलब्धीलाई स्वर्ण अक्षरमा लेखिने बताउँदै कम्पनीलाई शुभकामना समेत दिएका थिए ।

जीवन बीमाक्षेत्रमा सूर्यज्योतिले ट्रेण्ड सेट गरेको भन्दै उनले यस उपलब्धीले अन्य कम्पनीहरुलाई पनि मर्जरको लागि प्रोत्साहन गर्ने बताए । साथै अध्यक्ष सिलवालले जीवनबीमा क्षेत्रमै ठूलो सफलता भएको र कम्पनीले नयाँ इतिहास रचेकोको बताएका छन् ।

कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टाइले मर्जरका लागि जति जटिल हुन्छ भनेर सोचिएको थियो सोचे अनुसार जटिल नभएको बताए । मर्जरका क्रममादुबै पक्षले निष्पक्ष रुपमा काम गरेको हुँदा समस्या नपरेको समेत उनले प्रष्ट पारे । अध्यक्ष भट्टराईले यो मर्जर सफल बनाउन अहम् भूमिका खेल्नु हुने सम्पूर्ण सरोकारवालाहरु, कर्मचारी साथीहरु, मार्ग निर्देश गर्नुहुने बिमा प्राधिकरण तथा शेयरधनी महानुभावहरुलाई हृदय देखि धन्यवाद व्यक्त गरे ।

मर्जरका क्रममा विश्वमा चलेका राम्रा अभ्यासलाई पछ्याउँदा धेरै सहजताका साथ मर्जर गर्न सफल भएको कम्पनीका प्रमुखकार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए । दुबै कम्पनीको एक्चुरीयल मूल्याङ्कन, लेखापरीक्षण प्रतिवेदनलाई पियर रिभ्यु गरेर काम गरिएको उनले प्रष्ट पारे । सूर्या लाइफ जस्तो १५ वर्षको परिपक्व कम्पनी र ५ बर्षको छोटो समयमै आफूलाई  अब्बल साबित गरेको ज्योतिलाइफ कम्पनिबीच भएको संयोजनले राम्रो प्रतिफल दिने खत्रीको विश्वास छ ।

मर्जपछि कम्पनीले टेक्नोलोजीमा लगानी गर्नुपर्ने र बजारमा आफ्नो प्रडक्ट मोडिफाई गर्नमा ध्यान दिनुपर्ने र  कम्पनीले आउने दिनमा व्यवसाय बढाउने र सूर्यज्योतिलाई बीमा क्षेत्रकै बेञ्चमार्क बनाउने कम्पनीको प्रण रहेको सीईओ खत्रीले बताए ।

सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ समेत रहेका जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेल, सगरमाथा इन्स्योरेन्सका सीईओ समेत रहेका बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले कम्पनीको प्रगति तथा सफलताको कामना दिनुका साथै आआफ्नातर्फ बाट शुभकामना दिए । साथै कम्पनीका ब्राण्ड एम्बेस्डर राजेश हमालले नामजस्तै काम गरेर बीमा क्षेत्रमा प्रकाश छर्दै अघि बढ्न शुभकामना दिएका छन् । कम्पनीले एकिकृत कारोबार सुभारम्भ भएको दुई दिनमै एक हजार भन्दा धेरै पोलिसी जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *