नवलपरासी–१ मा अग्रता बढाउँदै विनोद चौधरी



नवलपरासी । नवलपरासी पश्चिम क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो मतगणनाअनुसार ६ हजार १ सय ७३ मतगणना हुँदा चौधरीले २ हजार १ सय ७४ मत ल्याएका छन् । त्यस्तै हृदयेश त्रिपाठीले १ हजार ६ सय ७४ मत ल्याएका छन् । यससँगै चौधरी ५ सय मतले अग्रता कायम गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १ हजार ३०३ मत ल्याएका छन् ।