चुनावका लागि खटाइयो ७५ हजार नेपाली सेना, ८६२ बम डिस्पोजल टोली

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाबाट ७५ हजार जनशक्ति खटाइएको छ। एकीकृत सुरक्षा प्रणाली अन्तर्गत सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी पनि निर्वाचनमा खटाइएका छन्।

नेपाली सेनालाई मुख्य सुरक्षाको जिम्मेवारी दिइएको छ। मतपत्र छपाइएको सुरक्षादेखि नै सेना परिचालन गरिएको हो। मतपत्र ढुवानी सुरक्षाको जिम्मा पनि नेपाली सेनाले नै पाएको छ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयबाट मतदान केन्द्रसम्म मतपत्र ढुवानी गर्दा पनि नेपाली सेनाले नै सुरक्षा दिनेछ।

चुनावमा आउनसक्ने सुरक्षा खतरालाई नजिक बाट निगरानी गरेको सेनाले ८६२ वटा बम डिस्पोजल टोलीसहित हेलिकोप्टरबाट पनि सुरक्षा प्रबन्ध मिलाएको सैन्य अधिकारीले जनाएका छन्।

निर्वाचन सुरक्षाका प्रयोजनका लागि नैे ७७९ स्थानमा फौज परिचालन भइसकेको छ।

यस्तै नेपाली सेनाले निर्वाचन बिथोल्ने समूहले बमसमेत प्रयोग गर्न सक्ने भएकाले त्यसका लागि छुट्टै फौज तैनाथ गरेको छ। सेनाले एकीकृत सुरक्षा टोलीको कमान्ड गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *