आयोगले दियो चुनावको दिन यी सवारीसाधनलाई चल्न छुट !

काठमाडाैं । निर्वाचन आयोगले मंसिर ४ गते मतदानको दिन विभिन्न सवारीसाधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी आवागमनको व्यवस्था गरेको छ।

निवार्चनको दिन अनुमतिपत्र लिनुनपर्ने सवारीसाधनमा बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्यांकर, फोहोरमैला ओसारपसार गर्ने सवारीसाधन आदि रहेका छन्।

निर्वाचनको दिन अनुमतिपत्र लिनु नपर्ने सवारीसाधन :

– सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्टारको कार्यालय वा प्रदेश सरकारमाताहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी गरिएको प्रेस पास वा प्रचलित कानुनबमोजिम दर्ता र प्रेस काउन्सिल नेपालमा सूचीकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्रबाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारीसाधन।

– दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारीसाधन।

– अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारीसाधन।

– निर्वाचन आयोगबाट जारी परिचयपत्रबाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारीसाधन।

– तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारीसाधन।

– कूटनीतिक नियोग, युएन एजेन्सी र द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी एवं कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारीसाधन।

– विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारीसाधन।

– सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारीसाधन।

– आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारीसाधन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *