सेनानी थापाको कमाण्डमा ७५ जनाको सैनिक टोली माली प्रस्थान

काठमाडौं । सेनानी पवन थापाको नेतृत्वमा ७५ जना नेपाली शान्ति सैनिक मालीमा संयुक्त राष्ट्र बहुआयामिक एकीकृत स्थिरीकरण मिसन (मिनुस्मा) का लागि प्रस्थान गरेका छन्।

त्यहाँ तैनाथ ईओडी गुल्म (शान्ति सेना) आठौं डफ्फालाई बदली गर्नका लागि नवौं डफ्फाको अन्तिम टोली बिहीबार मिशन इलाकातर्फ प्रस्थान गरेको हो।

उनीहरू यूएन चार्टर्ड फ्लाइट (नेपाल एयरलाइन्स ए–३२०) मार्फत काठमाडौंबाट मिशन इलाकातर्फ प्रस्थान गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

साथै उक्त मिशनमा तैनाथ आठौं डफ्फाको अन्तिम टोली प्रमुख सेनानी संगीत पुनको नेतृत्वमा ७५ जना नेपाली शान्ति सैनिकहरू शुक्रबार स्वदेश फर्किने सेनाले जानकारी दिएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ विगतदेखि नै नेपाली सेनाले विभिन्न मिसनहरूमा सहभागी भई द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापना कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *