कांग्रेस सभापतिमा कसैको पनि बहुमत पुगेन, देउवा र काेइरालाबीच आजै चुनाव हुने



काठमाडाैं –  नेपाली कांग्रेसमा सभापति चयनका लागि भएकाे पहिलाे चरणकाे चुनावमा उम्मेदवारले बहुमत पुर्‍याउन नसक्दा पुनः मतदान हुने भएको छ ।

भर्खरै सार्वजिनक मतपरीणाम अनुसार सभापतिका पाँच जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि पहिलाे र दाेस्राे अर्थात शेरबहादुर देउवा र शेखर काेइरालाबीच दाेस्राे चरणकाे चुनाव हुने निश्चित भएकाे हाे ।

देउवाले सबैभन्दा बढी मत पाए पनि उनले ८३ मत पुर्‍याउन नसक्दा निर्वाचन हुन लागेकाे हाे । कुल ४६७९ मतमा देउवाले २२५८ मत पाए ।

काेइरालाले १७२९ मत पाएका छन् ।

यसैगरी,प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए ।

त्यस्तै नेपाली कांग्रेसमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच आज मंगलबार चुनाव हुने भएको छ । सभापतिका पाँच उम्मेदवार रहे पनि पहिलो चरणमा कसैले पनि बहुमत पुर्‍याउन नसकेपछि पहिलो र दोस्रोमा रहेका क्रमशः देउवा र कोइरालाबीच दाेस्राे चरणमा चुनाव हुने भएको हो ।

कांग्रेस निर्वाचन समितिका निर्वाचन अधिकृत एगराज पोखरेलले दोस्रो चरणको मतदानका लागि छलफल सुरु गरिएको बताए । मतदानका लागि आवश्यक पर्ने मतपत्र छपाइएको काम पनि तत्काल सुरु हुने उनले बताए ।

आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार देउवाले ८३ मत पुर्याउन नसक्दा दोस्रो चरणको चुनाव तय भएको हो ।