नेपाल–केन्या सिरिजः ‘क्लिनस्वीप’ गर्ने ‘मुड’मा नेपाल, सान्त्वना जितको खोजीमा केन्या

काठमाडौं । एक खेल अगाडि नै सिरिजमा कब्जा जमाइसकेको नेपालले केन्याविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको अन्तिम खेल सोमबार खेल्दै छ।

केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार मध्याह्न पौने १२ बजे सुरु हुनेछ।

नेपालले यसअघि नै सिरिजमा कब्जा जमाइसकेको छ। पहिलो खेल ७ विकेट आफ्नो पक्षमा पारेको नेपालले दोस्रो खेलमा केन्यालाई १७ रनले हराएको थियो।

नियमित कप्तान सन्दीप लामिछानेको अनुपस्थितिमा राष्ट्रिय टिमको पहिलोपटक नेतृत्व गरिरहेका रोहित पौडेलले सिरिजमा नेपालले उत्कृष्ट खेलका साथ कब्जा जमाएको बताए । उनले अन्तिम खेलमा पनि जित हात पारेर सिरिज नै क्लिनस्वीप गर्ने विश्वास समेत व्यक्त गरे ।

सिरिज गुमाइसकेको केन्या भने सोमबार जित हात पार्दै सान्त्वना जितको खोजीमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *