आज भारत जाँदै प्रचण्ड, यस्तो छ भारत भ्रमणको कार्यतालिका

काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल आज भारत जाँदैछन् । भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा तीनदिने दिल्ली भ्रमणमा जाने भएका हुन् ।

उनलाई भाजपा मुख्यालयमा स्वागत गरिने कार्यक्रम रहेको छ । भाजपा अध्यक्ष जेपी नड्डासँग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले सहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अहिले निश्चित नभएको जानकारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *