नेपाली सेना भन्छ- ‘एसपीपीसम्बन्धी कुनै सम्झाैताको प्रक्रियासमेत भएको छैन’

काठमाडौं- नेपाली सेनाले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै सम्झौता नभएको बताएको छ। बुधबार एक विज्ञप्तिमार्फत सेनाले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी कुनै पनि सम्झौता नगरेको बताएको हो।

सेना एसपीपीसम्बन्धी सम्झौताको प्रक्रियासमेत अगाडि नबढेको दाबी गरेको छ। ‘एसपीपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत भएको छैन,’ सेनाले भनेको छ।

साथै, नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू-राजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना प्रष्ट र सचेत रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

No photo description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *