

मध्यमस्तरीय ग्राहकलाई लक्षित गर्दै अनलाइन कार बिक्रीकेन्द्र सुरु

काठमाडौं । नेपालमा पछिल्ला दिनमा चार पांग्रे सवारी प्रयोग कर्ताहरु बढ्दै जान थालेका छन् । विशेष गरी मध्यमवर्गीय मानिसहरुले दुई पांग्रे सवारी साधनबाट चार पांग्रे सवारी साधनतिर आकर्षित हुन लागेका छन् । पछिल्ला दिनहरुमा नेपालमा इन्टरनेटको पहुँचसँगै सर्वसाधारणहरु आफूलाई आवश्यक सामाग्री खरिदका लागि अनलाइन खरिदबिक्रीलाई मुख्य माध्यम बनाइरहेका छन् । यसै परिवेशलाई मध्यनजर गर्दै cars24nepal ग्रुपले वेबसाइटको माध्यमबाट सेवा दिन सुरु गरेको छ ।
बालकुमारीमा मुख्य कार्यालय राखेर अफिसियल लाइभ सो गरिएको उक्त वेभसाइटका सर्वसाधारणले नयाँ तथा पुरानो सवारी साधनहरु खरिद गर्न सक्ने संस्थापक एवं अध्यक्ष अमित उपाध्यायले बताए । साना तथा मझौला महासंघ नेपालका अध्यक्ष बाबुकाजी महर्जनको उपस्थिति लाइभ गरिएको www.cars24nepal.com नामक साइटको औपचारिक उद्घाटन भने तिहारमा गर्ने ग्रुपले लक्ष्य राखेको छ ।
कम्पनीले नयाँ तथा पुरानो दुवै प्रकारको चारपांग्रे सवारी साधनलाई मुख्य प्राथमिकतामा राखी सेवा सुरु गरेको बताउँदै उपाध्यायले औपचारिक रुपमा आगामी तिहारबाट उद्घाटन गर्ने जनाए पनि सेवा भने दिन थालिसकेको बताए । यस ग्रुपले सवारीसाधन खरिद बिक्रीसाथै हर्बल उत्पादनको बिक्री वितरणको सेवा दिने पनि जनाएको छ । ‘हरेक मानिसको गाडी चढ्ने चाहनालाई हामीले पुरा गराउँछौं, मात्र एकपटक हाम्रो बेभसाइट भिजिट गर्न वा कार्यालयमै उपस्थित हुन आग्रह गर्दछौं,’ उपाध्यायले थपे ।
चार पाँचवटा टूला बैंक र इन्स्योरेन्सबाट प्रायोजन सम्झौता गर्ने तयारीमा रहेको यस ग्रुपले इकमर्श व्यावसायमा नयाँ आयाम थप्ने विश्वास उपाध्यायले लिएका छन् ।
ग्रुपका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत रुपेन्द्र कायस्थले नेपालमा चलेको पछिल्लो ट्रेन्डलाई आफूहरुले सरल र सहज तरिकाले अझ व्यापक बनाउने लक्ष्य लिएको बताए । उनले भने, ‘नेपालमा अनलाइन बिजनेसको राम्रो सम्भावना देखिएको परिवेशमा आफूहरुले सरल र सहजसँग ग्राहकसम्म पुग्छौं र बिक्री पछिको सेवामा पनि कुनै सम्झौता गर्दैनौं, जसले ग्राहकको सन्तुष्टि नै हाम्रो प्रमुख प्राथमिकता हुनेछ ।’
वेब कन्सल्टेन्टका रुपमा सन्तोष साह आबद्ध भएको यस ग्रुपले वेबसाइटकै माध्यममा हरेक ग्राहकको जिज्ञासा एवं आवश्यकता पूरा गर्ने विश्वास लिँदै नेपालमा अनलाइन अनलाईन व्यापारलाई विश्वासिलो र भरपर्दो बनाउने लक्ष्यसमेत लिएको छ ।