

भाग्यमा विश्वास छ, अर्को राष्ट्रपति निर्वाचनमा फेरि प्रतिष्पर्धा गर्छु: बाइडेन

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सन् २०२४ हुने राष्ट्रपति निर्वाचनमा पुनः प्रतिष्प्रर्धा गर्ने बताएका छन् । आफू अहिले जस्तै स्वस्थ रहे आगामी निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने बाइडेनले बताएका हुन् ।
अमेरिकी टेलिभिजन एबीसीसँगको एक अन्तर्वार्तामा ७९ वर्षीय बाइडेनले भने, ‘हो, स्वास्थ्यले साथ दिए फेरि पनि निर्वाचनमा उठ्नेछु ।’
उनले अगाडि भने, ‘म भाग्यमा धेरै विश्वास गर्छु । धेरै पटक भाग्यले मेरो जीवनमा हस्तक्षेप गरेको छ । अहिले म स्वस्थ छु । यस्तै स्वस्थ रहे आगामी निर्वाचनमा फेरि प्रतिष्प्रर्धा गर्नेछु ।’
आगामी निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवारी दिए जुन सुकै हालमा आफूले उम्मेदवारी दिने उनले बताए ।