

तपाईंलाई पर्यो कि मैलुङ खोलाको आईपीओ ? यसरी हेर्नुहोस् …

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आज (मंगलबार) बिहान आईपीओ बाँडफाँड भएको हो। सर्वसाधारणका लागि छुट्याइएको शेयर ६८ हजार ४ सय ६८ जनाले गोलाप्रथाबाट १०–१० कित्ताका दरले पाएका छन्। त्यसैगरी ६ जनाले भने ११–११ कित्ता शेयर पाएका छन् । करीब २० लाखको हात खाली भएको हो ।
कम्पनीको आईपीओमा २१ लाख १८ हजार ९ सय २५ जना आवेदनले २ करोड ८४ लाख ४१ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका थिए।
कूल निष्काशन मध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो।
आईपीओ निष्काशनको रिजल्ट हेर्नका लागि https://iporesult.cdsc.com.np/ मा क्लिक गरेर र क्यापिटलको वेबसाइटबाट हेर्न सकिने सिद्धार्थ क्यापिटलले जनाएको छ ।