टोकियो ओलम्पिक: महिला फुटबलमा क्यानडालाई स्वर्ण पदक

काठमाडाैं – टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलतर्फ क्यानडाले स्वर्ण पदक जितेको छ । जापानकाे योकोहामामा भएको फाइनलमा दुवै टिमले निर्धारित र अतिरिक्त समयमा एक/एक गोल गरेपछि खेलको नतिजा पेनाल्टी सुट आउटबाट निकालिएको थियो । खेलकाे ३४ औं मिनेटमा स्वीडेनले अग्रता लिएको थियो ।

सेटिना ब्ल्यास्टेनिसले गोल गर्दै स्वीडेनलाई सुरुआती अग्रता दिलाएकी थिइन् । स्वीडेनले त्यही अग्रता पहिलो हाफमा कायम राखे पनि दोस्रो हाफमा जोगाउन असफल रहेको थियो । जारी ओलम्पिकमा क्यानडाको यो सातौं स्वर्ण पदक हो ।

टाेकियाे ओलम्पिकमा शीर्ष स्थानमा रहेकाे चीनले अहिलेसम्म ३६ स्वर्ण, २६ रजत, १७ कास्यसहित ७९ पदक जितेकाे छ। यस्तै दाेस्राे स्थानमा रहेकाे अमेरिकाले ३१ स्वर्ण, ३६ रजत, ३२ कास्यसहित कुल ९९ पदक जितेकाे छ भने २४ स्वर्ण, ११ रजत, १६ कास्यसहित ५१ पदक जितेकाे जापान तेस्राे स्थानमा रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *