

बालाजु नेबिको बिस्कुट फ्याक्ट्रीमा भीषण आगलागी

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा गए रातिदेखि भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको नेबिको विष्कुट कारखानामा आगलागी भएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।
शुक्रबार राति २ बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन । आगलागीको कारण पनि नखुलेकै प्रहरीले जनाएको छ ।