

तालिबानले कब्जा गर्यो अफगानिस्तानको प्रान्तीय राजधानी

काबुल – तालिबानका लडाकुले अफगानिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा देशको पहिलो प्रान्तीय राजधानी कब्जामा लिएको छ । अफगानिस्तान सरकारका अधिकारीले बीबीसीसँग यस कुराको पुष्टि गरेका हुन् ।
स्थानीय स्रोतका अनुसार शुक्रबार अपराह्न निमरोज प्रान्तको राजधानी जरन्जमा तालिबानी लडाकुको कब्जा सरकारलाई निकै महँगो हुन सक्छ ।
पछिल्लो हप्ता विदेशी सेना फिर्ता हुना साथ तालिबानी लडाकु निकै आक्रामक भएको देखिएका छन् । तालिबानी लडाकुले अफगानिस्तानका कैयौं सीमावर्ती चौकीदेखि एउटा ठूलो क्षेत्रफल कब्जामा लिएका थिए । तर अहिलेसम्म कुनै प्रान्तको राजधानी कब्जामा लिएको थिए । तर बिहीबार जरन्ज तालिबानी लडाकुले कब्जामा लिएका हुन् ।