

यी हुन् एमालेमा थपिएका ८ स्थायी कमिटी सदस्यहरु

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीमा आठ जना सदस्य थप गरिएको छ । पूर्वमाओवादी तर्फका चारजना र साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चार जनालाई स्थायी कमिटीमा थप गरिएको हो ।
दशौं महाधिवेशन आयोजक कमिटीको बालुवाटारमा बुधबार सम्पन्न बैठकले पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझी र एमालेकै रघुवीर महासेठ, रघुजी पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई स्थायी कमिटी सदस्यमा थप गरेको हो ।
बादल, भट्ट, थापा र रायमाझी पूर्वमाओवादीका तर्फबाट नेकपामा स्थायी कमिटी सदस्य थिए । महासेठ, पन्त, रिमाल र भुसाल भने माओवादीसँग एकता हुँदा स्थायी कमिटी सदस्य मनोनित भएका थिए ।
पार्टी छाडेको भन्दै स्वघोषणा गरेका वेदुराम भुषाल पनि स्थायी कमिटीमा थपिएका छन् ।