

भारतमा एकैदिन ३५ हजार बढी संक्रमित, हालसम्म २५ हजार भन्दा बढीको मृत्यु

काठमाडौं । भारतमा एकै दिन ३५ हजार भन्दा बढी कोरोना संक्रमित देखिएपछि हालसम्म संक्रमितको संख्या १० लाख नाघेको छ ।
पछिल्लो २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित देखिएको भारतमा हालसम्म १० लाख ५ हजार ६ सय ३७ जना संक्रमित पुगेका छन् ।
भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन रेकर्ड कायम हुँदै बढी रहेको छ । त्यस्तै मृतकको संख्या पनि २५ हजार नाघेको छ ।
त्यस्तै मृतकको संख्या ६ सय ८० थपिएसँगै २५ हजार ६ सय ९ जना मृतक पुगेका छन् ।
हालसम्म भारतमा ६ लाख ३६ हजार ६ सय २ जना उपचारपछि निको भइसकेका छन् ।