उइगुर मुसलमानहरुमाथि भएकाे अमानवीय व्यवहार ह्यूमन राइट वाचको आपत्ति



काठमाडौं – चीनले आफ्नो देशमा रहेका अल्पसंख्य उइगुर मुसलमानहरुविरुद्ध मानवता विरोधी व्यवहार गरेको आरोप लागेको छ । ह्यमन राइट वाचले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार उत्तरपश्चिम चीनको सिन्ज्या प्रान्तमा रहेका उइगुर मुसलमानहरुमाथि राज्यपक्षले नै विभिन्न हिंसा गरेको छ ।

चीनले उइगुर र अन्य मुसलमानहरुमाथि मानवता विरोधी आपराधिक गतिविधि सञ्चालन गरेको उक्त प्रतिवेदनले औंल्याएको हो ।अल्पसंख्यकहरुलाई सामुहिक रुपमा हिरासतमा लिने, यातना दिने, सांस्कृतिक उत्पीडन गर्ने, यौन हिंसा र वंश नै नास हुने अमानविय गतिविधि गरेको प्रतिवेदनले औंल्याएको छ ।

५३ पृष्ठ लामो प्रतिवदेनमा चीन सरकारले अल्पसंख्यकहरुको संरक्षणभन्दा पनि वंश विनाशका लागि मानवताविरोधी गतिविधि सञ्चालन गरेको आरोप लगाइएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बलपूर्वक बेपत्ता पार्ने, परिवारसँग विछोड गराउने र कठोर शारिरीक श्रम गराउने लगायतका अमानविय गतिविधि गरेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१७ देखि चीनले आफ्नो नीतिमा कडाइ गर्दै अल्पसंख्यकहरुमाथि निगरानी बढाउनका साथै नियन्त्रणमा लिएर श्रम कारवाही गर्दै आएको बताइएको छ । यस्तै अल्पसंख्यक मुसलमानहरुको बाहुल्य रहेको क्षेत्रमा चीनले मस्जिदहरु तोडफोड गर्नेलगायतका कार्य गरेको पनि प्रतिवदनमा उल्लेख छ । एजेन्सी