

आर्मी क्लब र भारतको बैंगलुरु भिड्दै

एएफसी कप दोस्रो चरणको छनोट अन्तरगर्त आज हुने खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले भारतको आईएसएल च्याम्पियन बैंगलुरुसँग खेल्दै छ ।
बैंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ तारिखमा हुने प्ले अफको फाइनल खेलमा स्थान बनाउनेछ । प्ले अफको विजेताले समूह ‘डी’ स्थान बनाउनेछ ।
समूह ‘डी’मा भारतको मोहन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एन्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।
एएफसीको क्लब लाइसेन्स प्राप्त गरेपछि आर्मीले पहिलोपटक एएफसीको प्रतियोगिता खेलेको हो । जीएसजी स्टेडियमा हुने आर्मी र बैंगलुरुबीचको खेल नेपाली समयानुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।