

भारतमा आज थपिए डेढ लाख भन्दा बढी संक्रमित, सोमबारसम्म मुम्बईमा लकडाउन

मुम्बई – भारतमा पछिल्लो २४ घण्टामा १ लाख ४५ हजार ३८४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ३२ लाख ५ हजार ९२६ पुगेको छ।
एक महिनायता भारतमा संक्रमित संगै कोरोनाका कारण मृत्यु दर पनि बढ्दो छ। शनिबार बिहानसम्म थप ७९४ जनाको संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म भारतमा कोरोनाका कारण १ लाख ६८ हजार ४३६ जनाको मृत्यु भइसकेको छ।
मुम्बईमा सोमबार बिहान ७ बजेसम्म लकडाउन गरिएको छ। महाराष्ट्र कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरुमा पनि संक्रमण दर बढ्दो छ। त्यसैले संक्रमण फैलिन नदिन कतै लकडाउन गरिएको छ त कतै कर्फ्यू घोषणा गरिएको छ।