विश्वकप छनोट प्रतियोगितामा इटाली विजयी, स्विट्जरल्यान्ड शीर्ष स्थानमा

काठमाडौं – पहिलो हाफमा गरेको गोलमा इटालीले विश्वकप छनोट प्रतियोगितामा नर्दन आयरल्यान्डलाई २–० ले पराजित गरेको छ।

पर्मामा सम्पन्न छनोट प्रतियोगिताको पहिलो खेलमा इटालीले डोमेनिको बेराडीको गोलबाट १४औं मिनेटमा अग्रता लिएको थियो। ३८औं मिनेटमा सिरो इमोबाइलले इटालीको अग्रता दोब्बर बनाए।

जितपछि इटाली समूह ‘सी’ को दोस्रो स्थानमा छ। स्विट्जरल्यान्ड शीर्ष स्थानमा छ। स्विट्जरल्यान्डले बुल्गेरियालाई ३–१ ले पराजित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *