

जावेद-कंगना मुद्दामा अदालतले दियाे कंगनालाई राहत

मुम्बई – बलिउड अभिनेत्री कंगना रनौट अहिले निकै चर्चामा छिन् । उनी एकातिर राष्ट्रिय पुरस्कार पाएर भारतकी उत्कृष्ट अभिनेत्री भएकी छिन् भने अर्कोतिर उनलाई थलाइवी नामको फिल्मका कारण पनि प्रशंसा गरिएको छ ।
फेरि उनका प्रशंसकका लागि अर्को खुसीको समाचार आएको छ । जावेद अख्तरले उनीविरुद्ध हालेको मुद्दामा उनलाई राहत मिलेको छ । अदालतले कंगनालाई जमानत दिएका कारण उनलाई यसमा सहज भएको हो ।
जावेदले गत साल नै नोभेम्बरमा कंगनाविरुद्ध मानहानीको मुद्दा अदालतमा हालेका थिए । यसका लागि कंगना आज अदालतमा पनि पुगेकी थिइन् । सुनुवाइमा उनले अदालतबाट सफाइ पाएकी हुन् । एजेन्सी