

तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – सुन-चाँदीको भाउ आज पुनः घटेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ८६ हजार ७०० कायम गरेको छ । सोमबार तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार पनि आइतबारको तुलनामा तोलामा २०० रुपैयाँले झरेको थियो ।
यस्तै, तेजाबी सुनको भाउ पनि घटेर तोलाको ८६ हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसैगरी, मंगलबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले झरेर तोलाको १२ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।