प्रधानमन्त्री ओलीद्वारा राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको राजीनामा राष्ट्रपतिसमक्ष पुगिसकेको शीतल निवासले जनाएको छ ।

‘मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, उनले राजीनामा पत्रमा लेखेका छन् ।

May be an image of ‎ticket stub and ‎text that says '‎सम्माननीय राष्ट्रपातिज्यू, सम्बत् २०१ साल असार ३१ गते नेपालको संविधानको धारा ও६ (၃) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थतिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धवारा ७७ ا۹ क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदवाट राजीनामा दिएको छु 오나씨어 केपी शर्मा जोली प्रधानमन्त्री मिति: २०६२०४/२४‎'‎‎

Leave a Reply

Your email address will not be published. Required fields are marked *