

ताेलामा ५ सयले घट्यो सुनको मूल्य

काठमाडौं – नेपाली बजारमा बिहीवार (आज) पनि सुनको मूल्यमा गिरावट आएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ८ सय रहेको थियो ।
आज सुनको मूल्य तोलामा ५ सयले गिरावट आइ प्रतिताोला सुन ८९ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै यसअघि मंगलावार प्रतितोला ९० हजार १ सय रहेको सुनको मूल्य बुधवारसम्म आइपुग्दा तोलामा ३ सयले घटेको थियो । त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८८ हजार ८ सय ५० रहेको छ ।
महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य तोलामा १० रुपैयाँले बृद्धि भएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य १३ सय ४५ रहेको थियो भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १३ सय ५५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।