

माैसम पूर्वानुमान : मेघगर्जन र चट्याङसहित वर्षाकाे सम्भावना
काठमाडौं – नेपालमा अझै पनि पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि अन्य भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केहि स्थानहरुमा हुस्सु र कुहिरो लागिरहेको मौसमविदले जानकारी दिएका छन् ।
आज (बिहीबार) प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।
शुक्रबार प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शनिबार देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।