

ओली पक्षको कर्णाली प्रदेश कमिटीको आमसभा स्थगित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको कर्णाली प्रदेश कमिटीले आयोजना गर्न लागेको आमसभा स्थगित भएको छ ।
संसद पुनर्स्थपनासँगै ओली पक्षले शुक्रवार गर्न लागेको आमसभा स्थगित भएको हो ।
नेकपा ओली पक्षका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापालगायत सहभागि हुने बताइएको थियो ।
संसद पुनर्स्थापनासँगै प्रधानमन्त्री ओलीको व्यस्तता बढ्ने कारण समय नमिल्ने भन्दै कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ ।