

आज संघीय संसद्का दुवै सदनको बैठक बस्ने

काठमाडौं । आज संघीय संसदका दुवै सदनको बैठक बस्दैँछ ।
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ ।
गत माघ १८ गते देखी सुरू भएको संसदको हिउँदे अधिवेसनको दोस्रो बैठक आज बस्न लागेको हो ।
बैठकमा सरकारले जारी गरेको ६ वटा अध्यादेशका बारेमा छलफल हुनेछ ।