

बामदेव भित्र्याउन एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।
आज दिउँसो ४ः०० बजे बैठक बस्ने भएको हो । बैठक च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्नेछ ।
सचिवालय बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ ।
यसअघि दुईपटक अध्यक्ष केपी शर्मा ओलीसँग भएको बार्ता सकारात्मक भएको भन्दै एमालेमा प्रवेश गर्ने गौतमले जनाइसकेका छन् । सम्भवतः उनलाई सचिवालय बैठकले स्वागत गर्ने र जिम्मेवारी तोक्न सक्छ ।