

भोटेकोशीमा २३ औं ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ सुरु

सिन्धुपाल्चोक । नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिस् (नारा) को आयोजनामा २३ औं ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ प्रतियोगिता सुरु भएको छ ।
सहासिक जलयात्रा व्यवसायीहरुको छाता संस्था नाराको आयोजनामा दुईदिनसम्म चल्ने उक्त प्रतियोगिता सिन्धुपाल्चोकको पर्यटकीय नदी भोटेकोशीमामा सुरु भएको हो ।
विभिन्न विधामा १५ खेलाडीले प्रतिस्पर्धा गरेको च्यालेन्जको पहिलो दिन सलालमतर्फ अशोक चौधरी (६५) प्रथम भएका छन् कायाकिङ डाउनतर्फ कृष्ण खड्का (८१) ले प्रथम स्थान हासिल गर्न सफल भए ।
त्यस्तै ओभरअलतर्फ कृष्ण खड्का (८१) प्रथम हुँदा अशोक चौधरी (६५) द्वितीय भए भने विजय माझी (६०) तृतीय भएका छन् ।
नेपालको जलयात्रा व्यावसायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको यस च्यालेन्जको दोस्रो दिन (आइतबार) पनि विभिन्न प्रतियोगिता हुने च्यालेन्जकी संयोजक एवं नाराकी सह–कोषाध्यक्ष इन्दु वाग्लेले बताइन् ।